फ्युजमेसिन्स इन्कले गर्यो ‘शैक्षिक डिजिटलीकरण अनुदान कार्यक्रम’काे घोषणा |
काठमाडौं । फ्युजमेसिन्स इन्कले ‘शैक्षिक डिजिटलीकरण अनुदान कार्यक्रम’ घोषणा गरेको छ। यो कार्यक्रम स्कुलहरुलाई डिजिटल क्षमतासहित सञ्चालन गर्न तयार गरिएको हो ।
यसमा छानिएका स्कुल वा कलेजहरुलाई प्रतिसंस्था २ लाख ५० हजार रुपैयाँसम्मको गैरनगद अनुदान दिइने भएकाे छ । उक्त रकम ‘फ्युज कक्षाकोठा प्लेटफर्म’ मा प्रयोग हुने फ्युजमेसिन्स इन्कले बताएको छ ।
फ्युज कक्षाकोठाले शैक्षिक संस्थाहरुलाई डिजिटलीकरण गर्न सहयोग पुर्याउँछ । जसबाट विद्यार्थीहरुलाई शिक्षा लिन सजिलो र कम खर्चिलो हुने बताइएको छ ।
नेपालमा दर्ता भएको र कोभिड-१९ भन्दा अघि १०० भन्दा बढी विद्यार्थीका लागि नियमित कक्षा चलाइरहेका जुनसुकै स्कुल यो अनुदानका लागि योग्य हुने इन्ककाे भनाइ छ ।
यो आवदेनको मिति अक्टोवर १५ सम्म रहेको छ ।


