घट्यो बोइलर कुखुराको मूल्य, प्रतिकेजी २ सय ५५ रूपैयाँ पुग्यो |
काठमाडौं । कुखुराको मासुको खपत हुने होटल, रेष्टुरेन्ट बन्द भएकाले कुखुराको मूल्य घटेको छ । भदौ २ गतेदेखि ७ सम्म कुखुराको मासुको मूल्य प्रतिकेजी २ सय ७० रूपैयाँ थियो भने ८ गते प्रतिकेजी २ सय ५५ रूपैयाँमा झरेको राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।
कुखुराको मासूको मूल्य अझै घट्ने व्यवसायीहरू बताउँछन् । बजारमा कुखुरा मासुको माग घट्दै गएपछि मूल्य पनि घट्दै गएको व्यवसायीहरु बताउँछन् । मानिससँग पैसा नहुनु र आर्थिक मन्दी लाग्नाले मासुको व्यापार घटेको उनीहरुको भनाई छ ।
मासुको खपत हुने ठाउँ बन्द हुने र आर्थिक चहलपहल नहुने हो भने मासुको मूल्य अझै घट्ने व्यवसायीहरुको अनुमान छ ।
मंगलबार बजारमा कुखुराको मासु प्रतिकेजी २ सय ५५ रूपैयाँमा कारोबार भएको छ । दिनप्रतिदिन कुखुराको मासुको मूल्य घट्दै जाँदा किसान भने मारमा पर्दै गइरहेका छन् ।
Visited 2 times, 1 visit(s) today


