निर्यात ९ प्रतिशतले बढ्यो, २२ प्रतिशतले घट्यो व्यापार घाटा |
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना व्यापार घाटामा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६∕७७ को तुलनामा यो वर्ष व्यापार घाटामा २२.१७ प्रतिशतले घटेको हो ।
तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्व ८० करोड ७९ लाख ८९ हजारको आयात र ९ अर्व ६२ करोड ४९ हजारको निर्यात भएको छ ।
गत वर्षको सोही अवधिमा १ खर्व ६ खर्व ७२ करोड ५३ लाख १८ हजारको आयात र ८ अर्व ८३ करोड ७० लाख ८६ हजारको निर्यात भएको थियो ।
यो अवधिमा आयात १९.६० प्रतिशतले घटेपनि निर्यात भने ८.८६ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ ।
पोहोरको तुलनामा यो अवधिमा वैदेशिक व्यापार भने १७.४२ प्रतिशतले घटेको छ।
Visited 1 times, 1 visit(s) today


