म्याक लुब्रिकेन्टस् ‘स्क्रिनसट एण्ड वीन’को लक्की ड्रका २५ जना विजेता घोषणा |
काठमाडौं । म्याक लुब्रिकेन्टस्सँगको सहकार्यमा २०७७ सालको गाईजात्रा कार्यक्रम डिजिटल प्रविधिबाट प्रसारण भएर भव्यताका साथ सम्पन्न भएको छ ।
विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै र स्वास्थ सुरक्षा सर्तकता अपनाउँदै यस वर्ष गाईजात्रा परिवारले आफ्नो हाँसो, व्यंग्य र मनोरञ्जनले भरिपूर्ण कार्यक्रमलाई डिजिटल प्रविधिमार्फत सम्पूर्ण दर्शकहरुमाझ प्रस्तुत गरेको हो ।
गाईजात्रे कार्यक्रमलाई अझै रोचक बनाउन म्याक लुब्रिकेन्टस्को तर्फबाट ‘स्क्रिनसट लिनुहोस्, उपहार जित्नुहोस’ नामक योजना समावेश गरिएको थियो ।
सो योजना अनुसार गाईजात्रा हेर्दै गर्दा MAK 4T Stallion स्क्रिनमा आएको बेला स्क्रिनसट लिएर म्याक लुब्रिकेन्टस् नेपालको फेसबुक पेजमा तस्वीर इनबक्स गरि म्याक लुब्रिकेन्टस्को तर्फबाट प्रदान गरिने विभिन्न आकर्षक पुरस्कार योजनामा सहभागि हुन सकिने व्यवस्था थियो ।
२०७७साल श्रावण १५ बाट सुरु भई २५ गते सम्म चलेको यस कार्यक्रममा देशभरीबाट कुल ३८६ जनाले सहभागिता जनाएका थिए । सहभागि प्रतिस्पर्धीहरु मध्ये २५ जनालाई २०७७ साल भाद्र ५ गते हरितालिका तीजको अवसर पारेर म्याक लुब्रिकेन्टस् नेपालले आफ्नो फेसबुक पेजमा लाइभ लक्की ड्रमार्फत विजेता घोषण गरेको छ ।
प्रत्येक भाग्यशाली विजेताले म्याक लुब्रिकेन्टस््को तर्फबाट MAK 4T Stallion इञ्जिन आयलको एक वर्ष निःशुल्क पाउनुको साथै अन्य थुप्रै आकर्षक उपहारहरु प्राप्त गरेका छन् ।
म्याक लुब्रिकेन्टस् नेपाल हेड रोशनकुमार श्रेष्ठ, प्रसिद्ध हास्यव्यंग्य कलाकार मनोज गजुरेल, बय्राण्ड वर्थ मिडियाका प्रमुख मोहन गजुरेल, BPCL(Lubes)का रिजनल मेनेजर राजिव कुमार तथा BPCL(Lubes)का कन्ट्री म्यानेजर मुकुन्द धमलाहरुको विशेष उपस्थीतिमा कार्यक्रम सम्पन्न गरिएको छ ।
कोरोना संक्रमणको महामारीको बेलामा पनि डिजिटल प्रबिधिको माध्यमबाट २०७७ सालको गाईजात्रा कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा अझै आकर्षक र मनोरञ्जनात्मक प्रस्तुतीहरु लिएर आउने बाचा म्याक लुब्रिकेन्टस्ले गरेको छ ।
नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गबाट वितरित म्याक लुब्रिकेन्टस् विश्वविख्यात र सबैभन्दा भरपर्दो इञ्जीन आयल हो ।


