स्वरोजगार लघुवित्तको खुद नाफा ७ करोड ७६ लाख |
काठमाडौं । जनकपुर लघुवित्तलाई आफूमा विलय बनाउन लागेको स्वरोजगार लघुवित्तले गत आर्थिक वर्षमा ७ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष लघुवित्तको खुद नाफा ४.६७ प्रतिशतले सुधार भएको हो ।
अघिल्लो आर्थिक वर्ष लघुवित्त ७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तले खर्च आम्दानीको सूचकहरुलाई सन्तुलनमा राख्न सफल भएको हो । यद्यपि लघुवित्तको सञ्चालन नाफामा आएको गिरावट र जोखिम ब्यावस्थापनको लागि ठूलो रकम छुट्याउनु पर्दा सोचे जस्तो नतिजा नभएको हो ।
चुक्ता पुँजी ३४ करोड १६ लाख रहेको लघुवित्तको जगेडा कोषमा १२ करोड १९ लाख रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा लघुवित्तले २५ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४.८० प्रतिशतले बढी हो । अघिल्लो वर्ष लघुवित्तले २० करोड ३७ लाख खुद ब्याज आमद्यानी गरेको थियो ।
लघुवित्तको सञ्चालन नाफा भने घटेको घटेको देखिन्छ।असार मसान्तमा लघुवित्तको सञ्चालन मूनाफा ५ करोड ७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष लघुवित्तको सञ्चालन मूनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।
लघुवित्तको निष्कृय कर्जा अनुपात ०.८८ प्रतिशतबाट ०.९५ प्रतिशत बिन्दु बढेर १.८३ प्रतिशतमा पुगेको छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७१ पैसा रहेको छ ।
स्वरोजगार लघुवित्त जनकपुर लघुवित्तलाई १ः०.७ कित्ता शेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो ।


