निर्धन उत्थान लघुवित्तद्धारा कोरोना नियन्त्रण कोषमा आर्थिक सहयोग |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप १ करोड ३ लाख ५८ हजार ४ सय ४९ रूपैयाँ जम्मा गरेको छ ।
साे रकमबाट कोराना भाइरसबाट संक्रमितले समयमानै सरल र सहजरूपमा उपचारपाई जिउधनको सुरक्षा हुनुका साथै कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारका लागि ठूलो सघाउ पुग्ने संस्थाले विश्वास लिएको छ ।
त्यसैगरी, संस्थाले नेपाल सरकार, प्रदेश सरकारहरूले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप प्रत्येक प्रदेशलाई समान चार लाखका दरले कुल रकम २८ लाख यस अघि नै जम्मा गरिसकेकोे छ ।
यसका साथै कोरोना भाइरस महामारीको प्रतिकूल अवस्थाका कारण ग्राहकहरूको परियोजना आशिंकरूपमा बन्द भएकोले त्यस्ता ग्राहकहरूलाई आ.व. २०७६/७७ मा २ करोड ९ लाख २९ हजार ७ सय रूपैयाँ व्यवसाय पुनर्स्थापनाको लागि राहत/अनुदान प्रदान गरेको समेत संस्थाले जानकारी दिएको छ ।
यस संस्थाकाे देशको सातै प्रदेश ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय रहेकाे छ ।


