देशभर ५२५ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा १२७ जना |
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५२५ जना कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ पुगेको छ । यीमध्ये सक्रिय संक्रमित आठ हजार २५ जना रहेका छन् ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका १११ जना , ललितपुरका ११ जना र भक्तपुरका पाँच जना रहेका छन् ।
यसैगरी पछिल्लो एक दिनमा कोरोना मुक्त हुनेको संख्या १०९ रहेको छ भन नेपालमा हालसम्म १६ हजार ३७ जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेन्टिनमा १४ हजार ७६९ जना र आइसोलेसनमा आठ हजार २५ जना रहेका छन् ।
पछिल्लो एक दिनमा नौ हजार ८५९ पीसीआर परीक्षण भएको छ । नेपालमा हालसम्म चार लाख ८३ हजार ३८ पीसीआर परीक्षण भइसकेको छ ।


