सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको सबै जिल्ला प्रशासनलाई निर्देशन |
काठमाडौं । एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ । गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ । आज बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयालई निर्देशन दिइएको हो ।
गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएको निर्देशनमा भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ ।’
अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाई गरेको हो ।


