एक्युरेटको एटि०१ टिडब्लुएस वायरलेस इयरफोन बजारमा |
काठमाडौं । क्युरेटले एटि०१ टिडब्लुएस वायरलेस इयरफोन बजारमा ल्याएको छ। इयरफोनमा ह्वाइट प्लास्टिकको बिचमा स्टील स्ट्राईपले मोडिएको छ ।
यसको साउण्ड क्वालिटी उत्कृष्ट रहेको कम्पनीले बताएको छ। प्रयोगकर्ताले गित, संगित सुन्दा बाहिरी साउण्डले कुनै असर गर्न सक्दैन ।
यसलाई कुनैपनि स्मार्टफोनमा एक पटक कनेक्ट गरे पुग्छ। यसको ब्लुटुथ भर्सन ५.० रहेको छ। यसमा ४ सय एमएएच ब्याट्री जडान गरिएको छ जसले गर्दा प्रयोगकर्ताले एकपटक चार्ज गरेपछि साढे ४ घण्टा आनन्दले प्रयोग गर्न सक्छन् ।
यो कालो, सेता र गुलाबी रङमा उपलब्ध रहेको छ । यसको बजार मूल्य ३ हजार ४ सय ९९ तोकिएको कम्पनीले बताएको छ ।


