अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।
उनलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
घिमिरेमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको समेत स्रोतको भनाई छ । उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन् ।


