प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क बढेपनि नाफा खुम्चियो |
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गएको वर्ष बीमा शुल्क संकलनमा बृद्धि गरेपनि नाफा आर्जन भने अघिल्लो वर्षको तुलनामा न्यून गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत बढी ३ अर्ब २६ करोड बीमा शुल्क संकलन गरेको छ ।
बीमा शुल्क संकलन बढाउन सफल भएपनि कम्पनीको नाफा भने खुम्चिएको छ । वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्ष ३१ करोड ३१ लाख नाफा आर्जन गरेकोमा गएको वर्ष भने २९ करोड ८५ लाखमात्र नाफा आर्जन गरेको छ ।
११ अर्बको जीवन बीमा कोष भएको कम्पनीको २ अर्ब २५ करोड चुक्ता पुँजी रहेको छ।


