नागरिक लगानी कोषको लगानी प्रतिफल खुम्चियो |
काठमाडौं । नागरिक लगानी कोषले गएको वर्षमा ८ करोड रुपैयाँले नाफा बढाएको छ। अघिल्लो वर्ष ४६ करोड खुद नाफा आर्जन गरेको कोषले गएको वर्ष ५४ करोड कमाएको छ ।
कोषले सार्वजनिक गरेको विवरणअनुसार कूल आम्दानी १ अर्ब भएको छ। जसमा ब्याजबाट ८ करोड,सेवा शुल्क तथा कमिशनबाट ८८करोड र लाभांसबाट ३ करोड आम्दानी भएको छ ।
कोषको कूल शेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब १० करोड थियो । कोषको मौजदात १ खर्ब ४८ अर्ब पुगेको छ । विभिन्न योजनामा जम्मा भएको यस्तो कोष अघिल्लो वर्ष १ खर्ब ३२ अर्ब थियो ।
कोषमा सबैभन्दा धेरै उपदान कोष योजनामा २२ अर्ब रहेको छ । कोषले विभिन्न ठाउँमा गरी १ खर्ब ४६ अर्ब लगानी गरेको छ। यसमा नेपाल सरकारको ऋणपत्रमा ६० करोड छ भने मुद्दती निक्षेपमा ८९ अर्ब रुपैयाँ रहेको छ ।
कोषको कूल लगानीको प्रतिफल अनुपात ८.८४ प्रतिशतमा सिमित भएको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.६९ प्रतिशत थियो। कोषको लगानी अनुपात भने बढेको छ। कोषको ९८.४३ प्रतिशत लगानी भएको छ। अघिल्लो वर्ष यस्तो लगानी प्रतिशत ९५.८९ प्रतिशत थियो ।


