थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ५८ जना डिस्चार्ज |
काठमाडौं । सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।
आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।
देशभर ५ हजार ६ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म ३ लाख ९८ हजारकाे पिसिआर परीक्षणा भएकाे छ। त्यस्तै हालसम्म मृतक ५७ जनामा कोरोना पुष्टि भएको छ।



