टोखामा पहिरोले पुरिएर दुई जुम्ल्याहा बालबालिकाको मृत्यु |
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३∕३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । घटनाको थप विवरण आउन बाँकी छन् ।


