लिभोनले सञ्चालन गरेको ‘सिल्की हेयर एण्ड स्मुथ राइड’को विजेता घोषणा |
काठमाडौं । नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ ।
यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गर्ने व्यवस्था गरिएको छ ।
आइतबार आयोजित विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरिन् ।
जसअनुसार यो महिनाको लागि “सिल्की हेयर एण्ड स्मूथ राइड” को यामाहा फेसिनो बाइक विजेता कुपन नं ३३४० बाट कपन निबासी निशा सुनुवार बनेका छन् ।
उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहने कम्पनीले बताएको छ ।
लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो ।
सल्फेट र पाराबेन रहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै सफलता प्राप्त गरेको बताएको छ ।


