आन्तरिक तथा बाह्य दुवै हवाई उडान नखुल्ने |
काठमाडौं । नेपालमा हवाई उडान तत्काल नखुल्ने भएको छ ।
सरकारले तोकिएका बाहेक अन्य उडानलाई अनुमति नदिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । यसरी तोकिएको समयमा विदेशबाट नेपाली नागरिकको उद्धारको काम भने जारी रहनेछ ।


