सेञ्चुरी कमर्सियलका सबै कर्मचारीको कोरोना बिमा |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना कर्मचारीको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।
बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणका विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीको सुरक्षाका लागि कोरोना बिमा गर्न लागेको छ । बैंकले लुम्बिनी जेनेरल इन्सुरेन्स मार्फत बिमा गराउने निर्णय गरेको हो ।
कोरोना क्रास बढेसँगै विभिन्न कम्पनीले कर्मचारीको बिमा गराउँदै आएका छन् । यता, बिमा कम्पनीको नियामक निकाय बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुलाई मात्रै कोरोना बिमा गराउन निर्देशन दिएको छ ।



