जेठ ४ गतेसम्म लकडाउन गर्ने भारतको निर्णय |
भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो । लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ ।
शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ ।
अचानक लकडाउन घोषणा गरेपछि भारतका विभिन्न सडकमा आप्रवासी मजदुरहरु अहिले पनि अड्किएका छन् ।
तिमध्ये कतिपय सयौं किलोमिटर हिँडेर घर फर्किएका छन् भने केहीलाई प्रदेश सरकारहरुले गाडी पठाएर घर ल्याएका छन् ।
थपिएको लकडाउनको अवधिमा भारतका विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याइनेछ । ग्रीन जोनमा परेका ठाउँमा क्रमिक रुपमा लकडाउनलाई खुकुलो बनाइँदै लगिनेछ ।



