सनराइज बैंकमा घरबाटै मुद्दती निक्षेप खाता खोल्न सकिने, ब्याज ८.२५ प्रतिशत |
काठमाडौं । संसारभर कोरोनाभाइरस (कोभिड–१९) महामारी फौलिएको र लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ । यसैबीच सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए सन्राइज बैकंको सनराइज स्मार्ट (SUNRISE SMART)बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।
उत्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकंले जनाएको छ । अनलाइन मुद्दती निक्षेपका विशेषताहरु
-सर्वाधिक उच्च ब्याज ८.२५५ ब्याजमा ०.५०५ प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको
-मुद्दतीको न्यूनतम अवधि ३ महिना
-सनराइज बैंकको सनराइज स्मार्ट प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने
-कुनैपनि अतिरिक्त शुल्क नलाग्ने
बैंकका अनुसार ग्राहकहरुले घरबाटै सनराइजको मोबाइल बैकिङ्ग (सनराइज स्मार्ट) प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । सनराइज स्मार्ट बैकिङ्ग प्ले स्टोर र एप स्टोबाट डाउनलोड गरी आफै रजिस्टर गर्न सकिने छ ।
ग्राहकहरुले सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घर बसि बसि निःशुल्क गर्न सकिने बैंकले जनाएको छ ।


