ग्लोकल आफ्टर स्कूलले अनलाईन हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने |
काठमाडौं । ग्लोकल आफ्टर स्कूलले ५ दिने निशुल्क अनलाईन हाजिरी जवाफ प्रतियोगता ‘नलेज मास्ट्रो– युवा नेपाल’ को आयोजना गर्न लागेको छ ।
प्रतियोगिता अहिले लकडाउनको समयमा घरमा बस्नु भएका युवा वर्गलाई निधारित गर्दै खाली समयमा विश्वमा भइरहको घटनाहरुको जानकारी प्रदान गर्न र बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो ।
सो प्रतियोगिता बैशाख १२ गते देखि सुरु हुन्छ छ भने १६ गते ३ बिजेताको घोषणाका साथ प्रतिगोतिका समापन हुनेछ । ३ बिजयी प्रतियोगीहरुलाई रू. ३००००, रू. २००००, रू. १०००० को नगद पुरस्कार सहित प्रमाण पत्र पनि प्रदान गरिने छ ।
ग्लोकल प्रालिका कायर्कारी निर्देशक आशिष ठाकुरले भने –अहिले कोरोनाको कारण हामी सबै आ–आफ्नो घरमा बस्न बाध्य भएका छौ, हाम्रो दैनिक दिनकार्यहरु प्रभावित भइरहेको अवस्था छ, यहि समयलाई सहि तरिकाले उपयोग गर्ने सोचका साथ हामीले यो प्रतियोगिताको आयोजना गर्दैछौ । यो प्रतियोगिताले आफ्नो बौद्धिक क्षमताको विकास मात्रै नभएर आफुमा भएको सक्षमतालाई प्रस्तुत गर्ने एउटा मंच पनि हुनेछ ।
युवाहरूलाई अगाडि बढाउन र यस महामारीको अवस्थाबाट पुनरउत्थान हुन्छौं भन्ने विश्वासका साथ हामीले नलेज मास्ट्रोको आयोजना गर्न लागेका हौ । यहि नलेज मास्ट्रोको अन्य संस्करण र अन्य अनलाइन गतिविधिहरू पनि ल्याउँनेछौं ।
यस प्रतियोगिता ४ राउण्डको हुने छ
१. नकआउट राउण्ड
१५ देखि २५ वर्षका इच्छुक युवाहरुले यस प्रतियोगितामा सहभागी हुन पाउनेछ । यस राउण्डमा छण् सामान्य ज्ञानका प्रश्नहरु दिइनेछ । यस राउण्डको अन्तमा २४ जना प्रतियोगि छानिनेछन र दोश्रो राउण्ड को लाई अगाडी बढाइने छन् ।
२. दोश्रो राउण्ड
दोश्रो राउण्ड २ दिनको हुनेछ छानिएका २४ प्रतियोगीहरुले पहिलो दिन व्यापार सम्बन्धि ३० प्रश्नहरुको उत्तर दिनु पर्नेछ भने दोश्रो दिन बिज्ञान र प्रबिधिको ३० प्रश्नहरुको सामना गर्नु पर्नेछ । यस राउण्डको अन्त्यमा १६ जना सहभागी छानिनेछन ।
३. सेमि फाइनल राउण्ड
यस राउण्डमा १६ प्रतियोगी ले ध्यचमि बाबष्चक र साहित्य सम्बन्धित २० प्रश्नहरुको उत्तर दिनुपर्नेछ र अन्त्यमा उत्कृस्ट ८ प्रतियोगी छानिनेछन ।
४. फाइनल राउण्ड
प्रतियोगीले यस राउण्डमा २० प्रश्नहरुको सामना गर्नु पर्नेछन । सबै अंकको मुल्यांकन गरी ३ बिजेताहरुको घोषणा गरिनेछ र सोहि विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।
नबिल बैंक र इसेवाको सहकार्यमा ग्लोकल आफ्टर स्कूलले नलेज मास्ट्रोको आयोजना गरेको हो । प्रतियोगिताका लागि आवेदन खुलेको छ र यसका लागि इच्छुक प्रतियोगीहरुले https://glocalafterschool.com/knowledge-maestro/ मा गई दर्ता गराउनू पर्ने छ ।
आवेदन अन्तिम म्याद ː बैशाख १२ बिहान १०ː०० बजे सम्म
प्रतियोगिताको मापदण्ड
- प्रतियोगी १५–२५ वर्षको हुनुपर्नेर्छे ।
- सबै प्रतियोगी संग २ उपकरण हुनुपर्नेछ (ल्यापटप, मोबाइल)।
- प्रतियोगीको इन्टरनेटको राम्रो सुबिधा हुनु पर्ने छ स इन्टरनेट गएको खण्डमा आयोजक जिम्मेवार हुने छैनन ।
- आफ्नो जन्म मिति खुलेको परिचय पत्र दिए पछि मात्रै विजेताहरुले नगद पुरस्कार पाउने छन ।



