भारतमा ड्युटीमा बसेका प्रहरीको काटिएको हात अस्पतालले जोडिदियो |
आइतबार भारतको पन्जाबस्थित पटियालामा लकडाउनको अवज्ञा गरेका एक समूहलाई प्रहरीले ‘कर्फ्यू पास’ माग्दा प्रहरी कै हात काटिदिएका थिए ।
हात काटिएका ती प्रहरीको हात पुनː जोडिएको छ । प्राध्यापक रमेश शर्मा र उनको टिमको सात घण्टा बढीको चुनौतीपूर्ण शल्यक्रियापछि यो सफल भएको हो ।
प्राध्यापक शर्माका अनुसार आइतबार बिहान १० बजे उनको शल्यक्रिया शुरु भएको थियो ।
घटना भएको केही समय मै उनलाई अस्पताल पुर्याूइएका र उनको काटिएको हात राम्रो अवस्थामा रहेकाले पुगेकाले उनको तुरुन्तै शल्यक्रिया शुरु गरिएको थियो ।
डाक्टरहरुका अनुसार उनलाई थप ४८ घण्टा अवलोकनका लागि अस्पताल मै राखिनेछ ।
‘रक्त संचालन ठिक छ वा छैन बुझ्नका लागि उनलाई अस्पताल मै राखिएको हो । केही जटिलता आएमा पुनː शल्यक्रिया गर्न पर्ने हुनसक्छ’, प्राध्यापक शर्माले टाइम्स अफ इन्डियालाई बताएका छन् ।



