एनआईसी एशियाद्वारा दैनिक ज्याला मजदुरी गर्नेका लागि खाद्यान्न वितरण |
काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई पाँच लाख रुपैयाँ बराबरको चामल,तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।
उक्त खाद्यान्न सामाग्री बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् ।
प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिसकेको छ



