वार्षिकोत्सवमा नागरिक लगानी कोषद्वारा रक्तदान |
काठमाण्डौ । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत कोषले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको हो।
रक्तदान कार्यक्रमको सुरुआत कोषका कार्यकारी निर्देशक रमण नेपालले गरे । सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुखहरू शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेलगायतको उपस्थिति थियो ।
शुक्रबार भएको सो रक्तदानमा कोषका कर्मचारी र अन्य सहभागी गरी करिब ५० जनाले रक्तदान गरेका थिए।



