धनगढीको शारदा माध्यामिक विद्यालयलाई सिटिजन्स बैंकको सहयोग |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी जिल्लाको शारदा माद्यामिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच बैंकले सहयोग हस्तान्तरण गरेको थियो ।
विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्यूटर ल्याबका सामग्रीहरु खरिद गर्नका निम्तिी उक्त सहयोग रकम उपलब्ध गराएको बैंकले जानकारी दिएको छ ।



