गण्डकी विकास बैंकले एकै पटक खोल्यो राजधानीका चार ठाउँमा शाखा कार्यालय |
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा र भक्तपुरको थिमीमा शाखा खोलेको छ ।
थिमी शाखाको समुद्घाटन बैंकका अध्यक्ष सुशिल गौचन, जोरपाटी, बालुवाखानी र जरंखु शाखाको उद्घाटन बैंकका सञ्चालकत्रय बासुदेव त्रिपाठी, नारायणबहादुर बानिया रं किशोर ओझाले गरेका छन् । अब बैंकको शाखा संख्या ९५ पुगेको छ ।
बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले लगातार बैंकले लगानीकर्तालाई उच्च प्रतिफल दिइरहेको बताएका छन् ।


