सिरहामा मिथिला लघुवित्तको थप नयाँ शाखा विस्तार |
धनुषा । धनुषाको ढल्केवर केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लि. ले सिरहाको सुखिपुर न.पा. –२, छजना बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । माघ २८ गते मंगलवार आयोजित समुद्घाटन कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष श्याम प्रसाद साह र प्रमुख अतिथि सुखिपुर न.पा. का समाजसेवी राज कुमार यादव (वावा) ले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाद्धारा सञ्चालित उद्घाटन कार्यक्रममा वित्तीय संस्थाका संचालक, प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, स्थानिय जनप्रतिनिधि, समाजसेवी लगाएत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिती रहेको थियो ।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि बाबाले सबै वित्तीय संस्था सहरमुखि भईरहेको अवस्थामा मिथिला लघुवित्त वित्तीय संस्थाले ग्रामिण बजारमा शाखा स्थापना गरि गरिब विपन्न बर्गलाई सेवा पु¥याएको हुंँदा संस्थालाई धन्यावाद सहित उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।
नायव प्रमुख कार्यकारी अधिकृत महेश कुमार चौधरीले स्वागत मन्तब्य राखेका थिए । स्थानिय ब्यवसायी हरि महतोले गाउँमा मिथिलाको शाखा स्थापना भएकोमा सहयोग गर्ने बचन दिंदै शुभकामना मन्तब्य दिए । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाह गर्ने सेवा सुविधाहरुको जानकारी दिँदैे वित्तीय संस्थाले ग्रामिण क्षेत्रका गरिव जनतालाई उनिहरुको घरदैलोमा गई सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले शहर केन्द्रीत नभई गाउँमा शाखा खोलिएको र यो क्रमलाई विस्तार गरि अझ दुर्गम र ग्रामिण क्षेत्रमा शाखा विस्तार गरि गरिव तथा विपन्न वर्गलाई सेवा दिने लक्ष्य रहेको बताए ।
वित्तीय संस्थाका अध्यक्ष श्याम प्रसाद साहले समापन मन्तब्यका क्रममा आफ्नो कार्यक्षेत्र भित्र रहेका ग्रामिण भेगमा शाखा स्थापना गरि गरिब तथा विपन्नलाई सेवा पुर्याउने संस्थाको लक्ष्य रहेकोले छजनामा नयाँ शाखा स्थापना गरिएको र पुनː गाउँ गाँउमा शाखा विस्तार गरि गरिब जनतालाई सेवा गर्ने बताए । यो नयाँ शाखा सहित ३३ शाखा सञ्चालनमा आएका छन ।


