बन्दीपुर ‘फुड फेस्ट’ सम्पन्न |
काठमाडौं । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबन)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्लले आयोजना गरेको ’रेबान–बन्दीपुर फेस्ट २०२०’ सम्पन्न भएको छ । आरएनआर मिडियाकों सहकार्यमा रेबानले पर्यटकीयस्थल बन्दीपुरमा यो महोत्सव माघ १७ र १८ गते चलेको थियो ।
रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेस्ट्रेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गरेको रेबानले जानकारी गराएको छ । पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमार्डों, पोखरा, सौराहाका रेस्टुरेन्ट व्यवसायी र बन्दीपुरका पर्यटक व्यवसायीबीच सदुभाव बढाउने उद्देश्यले बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहित खाना महोत्सव सम्पन्न भएको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा ब्रुअरी, प्रायोजकमा जाबलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी रहेको थियो ।
Visited 1 times, 1 visit(s) today


