नेपाल इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्न ‘अनलाइन पेमेन्ट गेटवे’ |
काठमाडौँ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्सयोरेन्स कम्पनीले श्रीपञ्चमीको अवसरमा ‘अनलाइन पेमेन्ट गेटवे’हरु खुल्ला गरेको छ । अब ग्राहकहरुले आईएमई पे, ईसेवा र खल्तीबाट बीमा शुल्क सजिलै भुक्तानी गर्न सक्ने नेपाल इन्स्यारेन्सले जनाएको छ ।
यो सुविधावाट ग्राहकहरु लाभान्वित हुने र जोखिम हस्तान्तरण सहज हुने कम्पनीले विश्वास लिएको छ ।


