जगदम्बा सिमेन्टद्वारा मिडिया प्रमोसनमा सहयोग |
काठमाडौं । नेपालको चितवनस्थित गौतम बुद्घ क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मस् प्रा. लि. द्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्घ क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले रु. १० लाख बराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको छ ।
समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउन्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा राष्ट्र निर्माणमा कटिबद्ध जगदम्बा सिमेन्ट मिडिया प्रमोसन मार्फत सरिक भएको हो ।
अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रबद्र्धन गर्न महत्वपूर्ण कोसेढुङगा साबित हुनेछ भन्ने जगदम्बा सिमेन्टको मान्यता रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


