‘क्वीकभुक्तानी’ प्लाटफर्म प्रयोगका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता |
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेड बीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीकभुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ ।
‘क्वीक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । सम्झौताअनुसार, लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवाउपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ।
‘क्वीकभुक्तानी’ यस्तो अनलाईन प्लेटफार्र्म हो जसले बिभिन्नप्रकारका सामानतथा सेवाउपलब्ध गराउने आपूर्तिकर्ता र सप्लायरहरु, ती सामानरसेवाकिन्ने क्रेताकम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा जोड्दछ ।
सप्लायरले यो प्लाटफर्र्र्र्म प्रयोग गरी आपूर्ति गरिएको सामानरसेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानीगर्दा बैंकले आफ्नो सेवाशुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।
अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीकभुक्तानी ’एकदमै सान्धर्भिक र लाभदायक हुने विश्वास लक्ष्मी बैंक तथा एफवान सफ्टले लिएको छ ।



