ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा, शाखा संख्या १०२ पुग्यो |
काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोंगबुमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटनसँगै ज्योति विकास बैंकले हाल १ सय २ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ ओटा एटीएममार्फत सेवा दिँदै आएको छ ।



