सेलपे सेवा र सस्तो डिल बीच सेल–ए–ब्रेसन अफरको लागि सहकार्य |
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले नेपालको शीर्ष ईकमर्स प्लेटफर्म सस्तो डिलसँग आगामी क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै सेल–ए–ब्रेसन अफरको लागि सहकार्य गरेको छ । यो अफर २४ डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागु हुनेछ ।
यस क्रिसमस र नयाँ वर्षमा खुशीयाली बाड्नको लागि सेलपले सस्तो डिलसँग सहकार्य गरी सेल–ए–ब्रेसन अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले सस्तो डिलमार्फत प्रथम पटक कुनै पनि सामान किन्दा ४०५ डिस्काउन्ट सेलपे एप्प मा लोयल्टी पोइन्टस्को रुपमा पाउनेछन् र थप १०५ डिस्काउन्टको सामानको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन् ।
सस्तो डिलमा सेलपेमार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि सस्तो डिलमार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र ‘पे नाउ’मा ट्याप गर्न सकिन्छ । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न सकिन्छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।


