नेपाल बङ्गलादेश बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न |
काठमाडौं । सोमबार नेपाल बङ्गलादेश बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको सभाले बैंकको उद्देश्यसंग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।
समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले वृद्धि भई ५९.७६ अर्ब पुगेको छ। कुल कर्जा २९.१६ प्रतिशतले वृद्धि भई ५५.७२ रुपैयाँ अर्ब पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले वृद्धि भएर ७६.२५ अर्ब पुगेको छ ।


