कुलमान घिसिङलाई नास्ट प्रविधि पुरस्कार |
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको नास्ट प्रविधि पुरस्कार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ ।
विद्युत आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्या एबापत कार्यकारी निर्देशक घिसिङलाई नास्ट प्रविधि पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ । पुरस्कारको राशी एक लाख रुपैयाँ नगद र सम्मानपत्र छ ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवका अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरे ।
नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्यापएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नास्टले ३७ औं वार्षिकोत्सवका अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो ।
नास्टका प्राज्ञ प्रा. डा. जनार्दन लामिछानेको पुरस्कार मूल्याङ्कन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो ।
कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिहरूमा जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे । २०७३को भदौमा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए ।
आर्थिक वर्ष २०७२∕७३मा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत त्यसपछिका आवमा २०७३∕७४मा १ अर्ब ५० करोड, २०७४∕७५मा २ अर्ब ९० करोड र २०७५∕७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।
विद्युत चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । आव २०७२÷७३ मा विद्युत प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावटलाई १०.४६ प्रतिशत विन्दुले घटाएर आव २०७५∕७६मा १५.३२ प्रतिशतमा झारिएको हो ।
प्राधिकरणले विद्युत(चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महसुल बक्यौता असुलीमा कडाइ, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरणलगायत काम अभियानकै रूपमा चलाइरहेको छ ।
रुग्ण विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजना सम्पन्न भएका छन् ।



