बागलुङको भीमगिठेमा जीप दुर्घटना, कूल पूजामा जान लागेका १४ जनाको मृत्यु |
काठमाडौं । गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप दुर्घटना भएको हो ।
कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका–७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईले पुष्टि गरे ।
नम्बर नखुलेको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको प्रहरीले जनाएको छ ।
दोहलीका समाजसेवी विष्णु सुनारका अनुसार इस्मा गाउँपालिका–४ साविकको दोहली गाविस–७ पैयापाटाबाट एक परिवार कुल पुजाका लागि बाग्लुङतर्फ जाँदै थिए । सोही गाडी दुर्घटनामा परेको हो ।
थप विवरण आउन बाँकी छ ।




