सनराइज बैंकले परासीमा खोल्यो शाखा |
काठमाडौं । सनराइज बैंकले नवलपरासीको परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ । रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा उद्घाटन गरे ।
कार्यक्रममा पौड्यालले सर्वसाधारणलाई बचत गर्न अनुरोध गदै उक्त बचतलाई बैंकमार्फत लगानी गर्न प्रोत्साहन गरे । यस्तै बैंकको सुरूंगा शाखाको समेत स्थानान्तरण गरिएको छ ।
कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको संचालक समितिकी सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । कार्यक्रममा बैंककी नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।



