शिवम् सिमेन्टको ‘शिवम् कृति समारोह २०७६’ सम्पन्न |
काठमाडौं । शिवम् सिमेन्टले ‘शिवमले कृति समारोह २०७६’सम्पन्न गरेको छ । गत शक्रबार र शनिबार काठमाडौंको होटल हायातमा कार्यक्रम आयोजना गरिएको थियो ।
दुई दिनसम्म संचालन गरिएको कार्यक्रममा शिवमले ३७ वटा सर्वोकृष्ट डिलरलाई अवार्ड प्रदान गरेको थियो ।
जसअनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम रिजनल डाइमण्ड, गोल्ड र सिल्भर अवार्डबाबाट सम्मान गरिएको थियो ।
दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डसँगै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपालका कलाकार र भारतका कलाकार राजु श्रीवास्तवले प्रस्तुती दिएका थिए ।

