इनरुवामा सनराइज बैंकको शाखा खुल्यो |
काठमाडौं । सनराइज बैंकले सप्तरीको इनरुवामा नयाँ शाखा खोलेको छ । बैंकिक पहुँच विस्तारलाई केन्द्रमा राख्दै शाखा खोलिएको बैंकले जानकारी दिएको छ ।
बैंकको यो १२४ शाखा हो ।
बैंकले १२४ शाखा, ३८ शाखा रहित बैंकिङ, ८ एक्सटेन्सर काउन्टर र १४५ एटीमएमबाट सेवा दिइरहेको छ । बैंकले ६ लाख ग्राहकलाई सेवा दिइरहेको बताएको छ ।

