इन्द्रराज शेरचन आईएमई डबल अफरको सातौं साताको विजेता |
काठमाडौं । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आईएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन ‘लक्की ड्र’ मार्फत विजेता घोषित भएका हुन् ।
उनले युकेबाट अफर अवधिमा आईएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युकेस्थित रिया मनि ट्रान्सफर मार्फत ५० हजार १ सय ३७ रुपैयाँ नेपालमा पैसा पठाएका थिए । उनले पठाएको रकमको दोब्बर १ लाख २ सय ७४ रुपैयाँ जिते । पुरस्कार राशी शेरचनका आफन्त चेलीमाया गौचनले ग्रहण गरिन् ।



