आफ्नो आमाका लागि पर्शनलाइज्ड म्यासेज कोका–कोलाको बोटलमा |
काठमाडौं । कोका–कोलाले आफ्नो “मन खोलौं कोक सँग” दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ । आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो । त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि “माई मम मेक्स माई दशैं स्पेशल” रहेको छ । ग्राउण्ड एटिभेसनमा उपभोक्ताहरुले ५०० एमएलको कोक बोटलको लेबलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्नो आमालाई दिन सक्नेछन् ।
यो एटिभेसन १६ अक्टुबरबाट शुरु भएर सेल्सबेरी, भाटभटिनी सुपरमार्केट, सेल्सवे र बिगमार्टको विभिन्न स्थानहरुमा ३ नोभेम्बरसम्म जारी रहनेछ ।
सीतापाइलास्थीत सेल्सबेरीमा अक्टुबर १६ तारिखमा एक्टिभेसन हुनेछ भने दोस्रो दिन अर्थात अक्टुबर १७ तारिखमा नक्साल भाटभटिनी, पाटन भाटभटिनी, भक्तपुर भाटभटिनी, कलंकी भाटभटिनी लगायतका स्थानमा क्रमशː एक्टिभेसन जारी रहनेछ । प्रसिद्ध नेपाली अभिनेत्रीहरु पनि एक्टिभेसनमा सहभागी जनाउदै विभिन्न स्थानमा भ्रमण गर्नेछन् ।
उपभोक्ताहरुले अभिनेत्रीहरुसँग कुराकानी गर्न तथा फोटो खिच्न सक्नेछन् । उपभोक्ताहरुले यो स्मरणीय पललाई सामाजिक सञ्जालमा #AamaBinaKRamailo ह्याट्याग प्रयोग गरेर शेयर गर्न पनि सक्नेछन् ।



