हिमस्टारको ‘अजबको गजब’ दशैं र तिहार योजना सार्वजनिक |
काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रालिले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘ अजबको गजब’ योजना सार्वजनिक गरेको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टीभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसी. लगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको छ । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली ,ड्राइ आइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्नेछन् ।
हिम इलेक्ट्रोनिक्सले नेपाली बजारमा स्तरिय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । हिम इलेक्ट्रोनिक्स वर्षौंदेखि ग्राहकहरुमाझँ विश्वाशीलो ब्राण्डको रुपमा स्थापना भएको छ र यसले निरन्तर ग्राहकहरुलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदान गर्दै आइरहेको छ ।
यो योजना सिमित अवधिका लागी मात्र उपलब्ध हुनेछ ।



