अबदेखि एटीएम बुथमा २४सैं घण्टा सुरक्षा गार्ड |
काठमाडौं । अबदेखि एटीएम बुथमा अनिवार्य रुपमा सुरक्षा गार्ड राख्नु पर्ने भएको छ । चिनियाँहरुले एटीएम बुथबाट साढे तीन करोड झिकेपछि राष्ट्र बैंकले सुरक्षा गार्ड अनिवार्य राख्नु पर्ने ब्यवस्था गरेको हो ।
एटीएम बुथहरुमा कुनै ब्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा त्यसको खबर सुरक्षा गार्डले गर्नु पर्ने छ ।
यसअघि शाखा कार्यालय लुटिँदा राष्ट्र बैंकले सबैतिर सीसी क्यामेरा र सुरक्षा गार्ड राख्नु पर्ने ब्यवस्था गरेको थियो । अहिले शाखाहरुमा सुरक्षा गार्ड राखिएपनि एटीएममा अनिवार्य थिएन ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग ३ हजार ३१६ वटा एटीएम बुथ छन्। यसमध्ये अधिकांस बैंकिङ अफिससँगै छन् भने कतिपय बेग्लै पनि राखिएका छन्।
सुरक्षा गार्ड राख्नु पर्ने ब्यवस्थाले बैंकहरुको खर्च बढ्ने छ । अब बैंकहरुले लाउन्ज बनाएर एकैठाउँमा धेरै वटा मेसिन राख्नु पर्छ । यसो हुँदा खर्च कम पर्छ ।

