एनआईसीको एकैदिन दुई शाखा विस्तार |
काठमाडौं । एनआईसी एसिया बैंकले एकैदिन दुई शाखा विस्तार गरेकोछ । बैंकले पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा असोज ६ गते सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
बैंकिङ पहुँच विस्तारका लागि शाखा बढाउने नीतिअनुसार बैंकले शाखा स्थापना गरेको बताएको छ ।
योसँगै बैंकका देशभर ३०९ शाखा पुगेका छन् । त्यस्तै बैंकका ३५९ एटीएम, ७० वटा विस्तारित काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् ।


