सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नं. ३, ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित क्वेष्ट इण्टरनेसनल कलेज अन्तगर्तको क्वेष्ट सोसल क्लबका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
बैंकको सहकार्यमा क्वेष्ट इण्टरनेसनल कलेज अन्तगर्तको क्वेष्ट सोसल क्लबका बिधार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफ्mाई क्रार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निːशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।


