डिसहोमको नयाँ अफर, वार्षिक रिचार्ज गर्दा ६ सय छुट, एड एन प्याकेज छान्न पाइने |
काठमाडौं । डिसहोमले फण्ड ट्रान्सफर गर्दा भारी छुट दिने प्याकेज ल्याएको छ । कम्पनीले अनलाईनमार्फत सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिने सुविधा कम्पनीले ल्याएको छ ।
कम्पनीका अनुसार फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानेर लिन सकिन्छ । कम्पनीले ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको कुनै एक एड अन प्याकेज छान्न सकिने जनाएको छ ।
कम्पनीका अनुसार बार्षिक रिचार्ज गर्दा ४२००मा हेरिरहेको बेसिक प्याकेज ३६००मा हेर्न सकिन्छ । कम्पनीका अनुसार मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिकप्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४००मा पाइन्छ ।



