वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित |

वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित भएका छन् । न्यूज पेपर एशोसियसन अफ इन्डिया र इण्डिया मलेशिया कल्चरल फोरमले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरेको हो ।
पोखरेलले सञ्चार क्षेत्रमा र देशको कुटनितिक क्षेत्रमा उल्लेखनिय काम गरेकाले सम्मान गरिएको आयोजकले बताएका छन् । क्षेत्रिय रुपमा युवाहरुको नेतृत्वदायी भुमिका निर्वाह गरेको र युवाहरुलाइर्य सहि बाटोमा लाग्न र इन्ट्रप्रेनरसिप स्किल डेभलप गर्न सहयोग गरेको भन्दै पोखरेललाई सम्मान गरिएको आयोजकले बताएका छन् ।
न्युज पेपर एशोसिएसन अफ इन्डिया इन्डियाका १० हजार भन्दा बढी पत्रपत्रिकाहरुको संगठन हो । वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेलको नेतृत्वमा बिजनेश टेलिभिजन सञ्चालन भईरहेको छ भने पोखरेलको नेतृत्वमा अन्य विजनेशहरु पनि सञ्चालन भईरहेका छन् । पोखरेल त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दै छन् । पोखरलको यो समेत पाचौ अन्तरराष्ट्रिय अवार्ड हो ।