मुक्तिनाथ विकास बैंक र ईसेवाबीच सम्झौंता, खाता खोल्न बैंक धाउनु नपर्ने |
काठमाडौं । मुक्तिनाथ विकास बैंकमा ईसेवा मार्फत खाता खोल्न सकिने भएको छ । बैंक र ईसेवा बिच सम्झौंता भएपछि खाता खोल्न सकिने भएको हो ।
सम्झौता अनुसार ईसेवाले नियुक्त गरेका एजेन्ट र प्रतिनिधीमार्फत बैंकमा खाता खोल्न सकिनेछ । कम्पनीद्वारा जारी विज्ञप्तिमा यसरी खाता खोलिएका ग्राहकले पहिलो वर्ष मोबाइल बैंकिङ सेवा निːशुल्क हुनेछ ।
अब खाता खोल्नका लागि बैंक धाउनुपर्ने अन्त्य भएको कम्पनीले जनाएको छ । सम्झौता पत्रमा मुक्तिनाथ बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरे ।




