यती र तारा एयरले सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने |
काठमाडौं । यती एयरलाइन्स र तारा एयरले सगरमाथा क्षेत्रको ३० टन फोहोर उठाउने भएको छ । ३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको छ ।
संकलन भएको फोहर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ ।
यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गर्नेछ ।
संकलन गरिएका फोहोरमा बियरका बोत्तल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरण लगायत हुन्छन् । यी वस्तुहरुलाई ‘रिसाइकल’ गरी धातुका भाडाकँुडा र निर्माण सामग्रीमापरिणत गरिन्छ ।



