कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता, आईसरका सवारी खरिदमा बैंकमार्फत कर्जा |
काठमाडौं । कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता भएको छ । सम्झौता अनुसार इष्टर्न एजेन्सीज मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सम्पूर्ण शाखा मार्फत आईसरका विभिन्न सवारी खरिदमा सरल र सहज रुपमा ऋण लिन पाउने भएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीजका प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बैंकले ९८ शाखा तथा ४५ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ तथा सिआश्वालगायत सेवा प्रदान गर्दै आईरहेको छ ।




