टीसीएलको ‘बडा अफर थाइल्याण्डको सफर’ |
काठमाडौं । विश्वको टप २ टीभी ब्राण्ड टीसीएलले यस चाडपर्व २०७६ लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ ।
‘बडा अफर थाइल्याण्डको सफर’ नाम दिइएको यो योजनामा टीसीएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडी टीभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्रमार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त हुनेछ ।
यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९ देखि सिमित अवधिको लागि मात्र लागु हुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेको टीसीएलका आउटलेटहरुमा उपलव्ध छ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि टीसीएलले यो योजना बजारमा ल्याएको छ ।



